विपक्षी गठबन्धनको बैठक देउवा निवासमा « Nagarik Khabar

विपक्षी गठबन्धनको बैठक देउवा निवासमा



काठमाडौं । विपक्षी गठबन्धनको बैठक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी छ ।

बैठकमा सभापति देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका नेता दुर्गा पौडेल छन् ।

बैठकमा गण्डकी प्रदेश लगायत अन्य प्रदेशमा सत्ता गठबन्धनबारे छलफल भइरहेको स्रोतले बताएको छ ।

गण्ढकी प्रदेशमा एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा विपक्षी गठबन्धनमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: