समृद्धिका लागि सञ्चारलाई अगाडि बढाउनेछु : नैनकला थापा « Nagarik Khabar

समृद्धिका लागि सञ्चारलाई अगाडि बढाउनेछु : नैनकला थापा



काठमाडौं । सूचना, सञ्चार तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएकी नैनकला थापाले ‘सम्बृद्ध नेपालः सुखी नेपाली’को नारालाई सार्थक बनाउन सञ्चारको महत्वपूर्ण योगदान हुने बताएकी छन् ।

‘अघिल्ला सञ्चारमन्त्रीले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै उनले ‘समृद्धिका लागि सञ्चार’लाई अगाडि बढाउने बताइन् ।

भर्खरै विदा भएका निवर्तमान सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार क्षेत्रमा उल्लेख्य काम गरेका छन् । ‘प्रधानमन्त्रीज्यूको दृढ संकल्पका साथ अघि बढाउनु भएको ‘सम्बृद्ध नेपालः सुखी नेपाली’को नारालाई सार्थक बनाउन सञ्चारको महत्वपूर्ण योगदान हुन्छ । यसअघिका सञ्चारमन्त्रीले अघि सारेका परियोजनालाई निरन्तरता दिनेछु’, मन्त्री नियुक्तिपछि नयनकलाले भनिन् ।

सरकारले समृद्ध नेपालको अन्तर्राष्ट्रिय पहुँचका लागि ‘एनटिभि वल्र्ड’, आमनागरिकको सरल र सहज पहुँचका लागि डिजिटल नेपाल फ्रेमवर्क, पारदर्शीताका निम्ति स्थानीय तहको केन्द्र, वडासम्म ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार, शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचताका लागि सामुदायिक विद्यालय, क्याम्पसमा ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार कार्यक्रम अघि सारेको छ ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: