गणेश लामा पक्राउ « Nagarik Khabar

गणेश लामा पक्राउ



पोखरा । सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट पक्राउ गरेको हो ।

डिएसपी तथा प्रवक्ता सुवास हमालले पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको बताए ।

मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थित रहे ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: