निशाको उद्धार गरेर नर्भिकले सुरु गर्‍यो निःशुल्क उपचार « Nagarik Khabar

निशाको उद्धार गरेर नर्भिकले सुरु गर्‍यो निःशुल्क उपचार



काठमाडौं । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी कलाकार निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । नर्भिक अस्पतालले बिहीबार बिहान उनलाई एम्बुलेन्समा राखेर उद्धार गरी उपचार समेत सुरु गरेको हो ।

नर्भिककी प्रवन्ध निर्देशक मेधा चौधरी समाचार माध्यमबाट निशाको अवस्थाबारे थाहा पाएपछि चासो रान्दै उद्दारको पहल गरेकी हुन् । नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा पोष्ट गरेका थिए । अस्पतालले प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको नर्भिक जनाएको छ । चिकित्सकले उनको अवस्था सुधार हुने असप्तालले अपेक्षा गरेको छ ।

निशाले भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियल, म्युजिक भिडियोहरुमा अभिनय गरेकी छन् । साढे दुई वर्षअघि निशा कलाकारितामा अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि भारतको देहरादुन पुगेकी थिईन् । त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचारको अभावका कारण दिन प्रति दिन बिग्रँदै गएको थियो । अहिले उनी शारीरिक अशक्तताका कारण उनको शरीरमा हाड र छालाबाहेक केही देखिँदैन । ललितपुरको मध्यमवर्गीय परिवारकी निशाको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको उपचारमा ढिलाइ हुन पुगेको हो ।

आर्थिक अभाव र कोरोनाको संक्रमण समेत बढेपछि उनी अर्धचेत अवस्थामा घरमै रहेकी उनको शरीर सुकेर जिर्ण बन्दै गएको छ । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको अस्पतालले जनाएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन ।

निशा हाल बोल्न सक्दिनन् । खाना पनि अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्‍यो भने सुन्न सुन्छिन् र आँसु बगाउने गर्छिन् । उनले जवाफ दिन वा अरुलाई रेस्पोन्स गर्नसक्ने अवस्थामा समेत छैन । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि नर्भिकले उद्दार गरेकोमा उनका परिवार र छिमेकीसमेत खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: