पाकिस्तानमा तीर्थालु सवार बस दुर्घटनामा २३ जनाकाे मृत्यु « Nagarik Khabar

पाकिस्तानमा तीर्थालु सवार बस दुर्घटनामा २३ जनाकाे मृत्यु



एजेन्सी । पाकिस्तानमा सवारी दुर्घटनामा परी २३ जनाकाे मृत्यु भएकाे छ । बलुचिस्तानमा प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी अन्य ३९ जनाभन्दा बढी घाइते भएका समाचारमा जनाइएकाे छ । समाचार स्राेतका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो ।

घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ । सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दार तर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि स्थानीय प्रहरीले जनाएको छ । यसै साताको शुरुमा पाकिस्तानको सिन्धमा दुई वटा रेल जुधेर दुर्घटना हुँदा कम्तीमा ६७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा रेलमा सवार ५ सयभन्दा बढी यात्रु घाइते भएका थिए । उक्त घटना रेलकाे लिगकाे खराबीका कारण भएकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: