विश्वकप २०२२ छनोट खेलमा नेपालविरुद्ध अष्ट्रेलिया आक्रामक, ०–२ ले अगाडि « Nagarik Khabar

विश्वकप २०२२ छनोट खेलमा नेपालविरुद्ध अष्ट्रेलिया आक्रामक, ०–२ ले अगाडि



काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र अष्ट्रेलियाबीचको खेल अहिले जारी रहेको छ । अष्ट्रेलियाले नेपाललाई २–० ले उछिनेको छ । नेपाली समय अनुसार ९:४५ बजेबाट जारी खेल कुवेत सिटीमा भइरहेको छ । अष्ट्रेलियाले पहिलो गोल ६ मिनेटमा र दोस्रो गोल ३६ मिनेटमा गरेको थियो । आज खेलमा नेपाली खेलाडी राेहित चन्दले ४५ मिनेटमा राताे कार्ड पाएका छन् । अब नेपालीहरू १० जनामा सिमित भएका छन् ।

नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले हराएको थियो भने जोर्डनसंग ३–० ले पराजित भएको थियो । समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ खेलमा हारको नतिजासहित ६ अंक जोडेको छ । अष्ट्रेलियाले आजको खेल जिते विश्वकपको छनोटको तेस्रो चरणमा स्थान बनाउनेछ भने एसिया कपमा सिधै छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: