उपेन्द्र यादवले बोलाए जसपाको बैठक « Nagarik Khabar

उपेन्द्र यादवले बोलाए जसपाको बैठक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएका छन् । यादवले अत्यावश्यक छलफल गर्न भन्दै असार ३ गते साढे ११ बजेका लागि बैठक बोलाएका हुन् ।

स्रोतका अनुसार बैठकमा उपस्थित हुन केन्द्रीय कार्यकारिणी समितिका सबैलाई खबर गरिएको छ । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह अहिले सरकारमा छ । जसपाभित्र विवाद चर्किएको छ । पार्टी फुटको औपचारिक घोषणा नभए पनि करिब फुटिसकेको छ ।

ठाकुरसहित चार जना नेतालाई पार्टीबाट यादव पक्षले निष्कासन गरेकोमा निर्वाचन आयोगले सदर नहुने निर्णय गरेको थियो । बैठकमा आयोगको निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल हुने जसपा नेताहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: