वीरगञ्जबाट ६५ किलो गाँजासहित ट्रक चालक पक्राउ « Nagarik Khabar

वीरगञ्जबाट ६५ किलो गाँजासहित ट्रक चालक पक्राउ



पर्सा । पर्साको वीरगञ्जबाट प्रहरीले भारी मात्रामा अवैध लागु पदार्थ गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले ६५ किलो गाँजासहित मकवानपुरको मनहरी गाउँपालिका– ६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई पक्राउ गरेको हो ।

सर्च एण्ड रेड कारबाहीको क्रममा मंगलबार साँझ ५ बजे वीरगञ्ज–१८ भवानीपुर सडक छेउबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

सडकछेउ रोकिराखेको बागमती प्रदेश–०१–००६ ख १८२८ नम्बरको ट्रकमा खानतलासी गर्दा ४ वटा प्याकेटमा ६५ किलो गाँजा बरामद भएको थियो। पक्राउ परेका मोक्तान सोही ट्रकका चालक हुन् ।

गाँजासहितको ट्रक नियन्त्रणमा लिई मोक्तानविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: