मेलम्ची बाढीमा फसेका ९ जनाको उद्धार, घाइते ४ को हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो « Nagarik Khabar

मेलम्ची बाढीमा फसेका ९ जनाको उद्धार, घाइते ४ को हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो



काठमाडौं । मेलम्ची खोलामा आएको बाढीमा फसेका ९ जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाको हेलिकोप्टरले मेलम्ची बजारको एक होटलमा फसेको २ जनासहित अन्य ७ जनाको उद्धार गरेको हो ।

उद्धार गरिएकाहरुमध्ये ४ जन घाइते अवस्थामा रहेकाले उनीहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ ।

जिल्ला प्रशासनले दिएको जानकारी अनुसार बाढीमा फसेको ९ जनामध्ये घाइते ४ जनालाई कैलास एयर र श्री एयसमार्फत् उपचारका लागि काठमाडौं ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: