बाढी–पहिरो राहतको पूर्वतयारी गर्दै उज्वल थापाले सिन्धुली पठाए १५१ बोरा चामल « Nagarik Khabar

बाढी–पहिरो राहतको पूर्वतयारी गर्दै उज्वल थापाले सिन्धुली पठाए १५१ बोरा चामल



काठमाडौं । समाजसेवी उज्वलविक्रम थापाको पहलमा भएको नागरिक राहत संकलन अभियानअन्तर्गत १५१ बोरा चामललगायत खाद्य सामग्री आज सिन्धुली पठाइएको छ ।

बाढी पहिरोबाट पीडित हुनेहरुका लागि खाद्य सामग्रीको अभाव नहोस भन्ने उद्देश्यले तत्काल राहत पुर्याउने उद्देश्यले थापाको पहलमा सो खाद्य सामग्री पठाइएको हो ।

बाढी पहिरो पीडितका लागि पूर्वतयारी स्वरुप तत्काल राहत पुर्याउने उद्देश्यले चामल, दाल, चना, नुन र मस्यौराको प्याकेज बनाई आज सिन्धुली पठाइएको थापाले जानकारी दिए ।

उनले गत साता सामाजिक सञ्जालमा स्वाभिमान सिन्धुली अभियान अन्तर्गत सक्नेले नसक्नेलाई आउने प्रकोपमा मद्दत गरौ भन्दै प्रतिव्यक्ति एक हजार सहयोग अभियान थालेका थिए । सो अभियानअन्तर्गत एक लाख १ हजार संकलन भएको उनले जानकारी दिए ।

सो रकममा ५० हजार थप गरे । जम्मा भएको एक लाख ५१ हजार रुपैयाँबाट १५१ प्याकेज बनाए । जुन प्याकेजमा १० किलो चामल, दुई किलो दाल, २ किलो चना, एक प्याकेट नुन र एक प्याकेट मस्यौरा रहेको छ ।

तत्काल बोकेर पीडितलाई पुर्याउन सहज होस भन्नका लागि सानो प्याकेज बनाइएको समाजसेवी थापाले बताए ।

सो सहयोग प्याकेज प्रमुख जिल्ला अधिकारीलाई बुझाइने छ । बाढी पहिरो पीडितको उद्दारका लागि पुग्ने सुरक्षाकर्मीले ती खाद्य सामग्री लिएर दिने व्यवस्था मिलाउन थापाको अनुरोध छ ।

सो अभियानमा सहयोग आउने क्रम जारी रहेको बताउँदै थापाले अभियानमा सबैको सक्रिय सहभागिता रहने अपेक्षा गरेका छन् ।

सो खाद्य सामग्री काठमाडौंबाट सिन्धुली लैजानका लागि व्यवसायी छेत्र बम्जनले गाडी उपलव्ध गराएर सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: