सिन्धुपाल्चोक बाढी–पहिरो पीडितका लागि गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने « Nagarik Khabar

सिन्धुपाल्चोक बाढी–पहिरो पीडितका लागि गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने



काठमाडौं । सिन्धुपाल्चोक बाढी–पहिरो पीडितका लागि गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने भएको छ ।

सो नगरपालिकाका मेयर सन्तोष चालिसेले सिन्धुपाल्चोकमा परेको विपत्तिमा नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

नगरपालिका क्षेत्रमा सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका धेरैको बसोबास रहेको र मेलम्चीसँग मित्रवत सम्वन्ध रहेकाले सहयोग गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: