सशस्त्र प्रहरीलाई डा. शेर्पाले दिए स्टेचर « Nagarik Khabar

सशस्त्र प्रहरीलाई डा. शेर्पाले दिए स्टेचर



काठमाडौं । पर्वतीय उद्दार र उपचारमा क्रियाशील सोलुखुम्बुका डा. निमा नाम्गेल शेर्पाले सशस्त्र प्रहरीका लागि १५ थान स्टेचर दिएका छन् ।

बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी बलम्बुमा आयोजित एक कार्यक्रमका बीच बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललार्इ सो स्टेचर हस्तान्तरण गरिएको हो ।

शेर्पाले ती स्टेचर बिपद् उद्दारका क्रममा उपयोगी हुने बिश्वास ब्यक्त गरे । नायब महानिरीक्षक अर्यालले स्टेचर प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्दै यी सामग्रीको बिपद् उद्दारमा पुर्ण रुपमा सदुपयोग गरिने बताए ।

कठिन भू–वनोट तथा अप्ठ्यारो स्थानमा बिपद् प्रतिकार्य तथा उद्दारमा प्रयोग हुने स्टेचरको कुल मूल्य ६ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: