महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाए जसपा कार्यकारिणी समितिको नामावली « Nagarik Khabar

महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाए जसपा कार्यकारिणी समितिको नामावली



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले थप गरेका कार्यकारिणी समितिको नामावली निर्वाचन आयोगलाई बुझाएको छ ।

कार्यकारिणी समितिमा अल्पमतमा परेपछि अध्यक्ष ठाकुरले आफ्ना पक्षका २० जना सदस्य थपेका हुन् । थपिएका नाम दर्ता किताबमा अद्यावधिकका लागि असार १ गते उनले आयोगमा दर्ता गराएको उनी पक्षीय एक नेताले बताए ।

जेठ २० गते नै आयोगले एकजना अध्यक्षले मात्र कसैलाई हटाउन वा कसैलाई राख्न नमिल्ने निर्णय गरेको थियो । तर, ठाकुरले २० जनाको नाम थपेर आयोगमा अद्यावधिकका लागि पठाएका हुन् । यसबारे आयोगले हालसम्म कुनै निर्णय गरेको छैन ।

थपिएका कार्यकारिणी सदस्यहरुमा बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, आरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ र रमेश पटेल रहेका छन् । यस्तै, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा.विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजीव झा, सुरेश मण्डल र डा.सुरेन्द्र झाको नाम कार्यकारिणी समितिमा थप भएको छ ।

थप गरिएका २० जनामध्ये सबैजना महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: