मेलम्ची बाढी : सम्पर्कविहीन भएका ३ जनाको शव फेला (अपडेट) « Nagarik Khabar

मेलम्ची बाढी : सम्पर्कविहीन भएका ३ जनाको शव फेला (अपडेट)



सिन्धुपाल्चोक । मेलम्चीमा गत मंगलबार आएको बाढीका कारण सम्पर्कविहीन भएका ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार अन्य १७ जना सम्पर्कविहीन रहेका छन् ।

नेपाली, चिनियाँ र भारतीय नागरिक गरी १७ जना सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

बिहीबार शव भेटिएका चिनिया नागरिकद्वय गोङ टियान छिनो र यु चि झु र भारतीय नागरिक कमल लोचन महतोको शव बाढीका विभिन्न क्षेत्रमा भेटिएको प्रशासनले जनाएको छ ।

यसैगरी ५ जना घाइते रहेका छन् भने एकजना चिनियाँ नागरिक उपचारपश्चात फिर्ता भएका छन् । अन्य ८० जनाको नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: