ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई बुधबार खोप लगाउने « Nagarik Khabar

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई बुधबार खोप लगाउने



ललितपुर । ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्ध कोभिशिल्ड खोप लगाउने भएको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै बुधबारदेखि कोभिशिल्डको दोस्रो मात्रा खोप लगाइने बताएको हो ।

महानगरपालिकाले ७७ वर्ष माथिका २ हजार २ सय २० जनालाई कोभिशिल्डको दोस्रो डोज दिन लागेको हो । खोप बुधबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइने छ ।

महानरपालिकाले खोप लगाउनका लागि ८ वटा खोप केन्द्र तोकेको छ । वडा कार्यालयबाट सिफारिस गरिएका व्यक्तिहरुले मात्रै खोप लगाउन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: