सभामुख सापकोटाले आज सम्पादकहरुसँग अन्तरक्रिया गर्दै « Nagarik Khabar

सभामुख सापकोटाले आज सम्पादकहरुसँग अन्तरक्रिया गर्दै



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले पत्रकारहरुसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

सभामुख सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा उभिंदै आएका छन् । त्यसैगरी, अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिहरुको पनि सभामुख सापकोटाले विरोध गर्दै आएका छन् ।

दोस्रोपटक संसद विघटन भएपछि सापकोटाले ‘असाधारण निर्णय लिन सक्ने’ यसअघि नै बताइसकेका थिए ।

सभामुखको सचिवालयले जनाए अनुसार आज दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख सापकोटाले सम्पादकहरूसँग अन्तरक्रियाको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: