अदालतले संविधान अनुसार नै निर्णय गर्छ : सभामुख सापकोटा (भिडियाे) « Nagarik Khabar

अदालतले संविधान अनुसार नै निर्णय गर्छ : सभामुख सापकोटा (भिडियाे)



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनको विषयमा अदालतले संविधान अनुसार नै निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् ।

संसद् दिवसका अवसरमा बुधबार सिंहदरबारस्थित संसद् सचिवालय परिसरमा वृक्षारोपण गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै अदालतले संविधान अनुसार नै निर्णय गर्ने विश्वास व्यक्त गरेका हुन् ।

संविधानको मर्म भावना, बहुसंख्यीक सांसद्कोर मनोभावना अनुसार नै यो विषय निरुपण हुने उनको भनाइ छ । त्यस्तै उनले वातावरणबाट हुने असरबाट मुक्त हुन वृक्षारोपणमा सहभागि हुन सबैमा अपिल गरे ।

सभामुख सापकोटाले सचिवालयको बगैंचामा रुद्राक्षको बिरुवा रोपेका हुन् । सो अवसरमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दहाल, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सचिवालयका सचिवहरु ध्रुब घिमिरे, सुदर्शन खतिवडालगायतले पनि सचिवालय परिसरमा वृक्षारोपण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: