फिट रहनका लागि कंगना रनौत यस्तो खान्छिन्, हेर्नुहोस् उनको डाइट चार्ट « Nagarik Khabar

फिट रहनका लागि कंगना रनौत यस्तो खान्छिन्, हेर्नुहोस् उनको डाइट चार्ट



एजेन्सी । समाचारका हेडलाइन्समा आइरहने भारतीय अभिनेत्री कंगना रनौत आजभोलि आफ्नो ट्वीटर एकाउण्ट सस्पेन्ड भएका कारण चर्चामा छन् । कंगनाले आफ्नो एकाउण्ट सस्पेन्ड हुनु अघि आफ्ना शुभेच्छुकलाई आफ्नो डाइट चार्ट सेयर गरेकी छन् ।
उनले फोटोहरु सेयर गर्दै आफू इम्यूनिटी पावर बढाउनका लागि दिनभर के के खान्छिन् त्यो र त्यसका फाइदाबारे पनि चर्चा गरेकी छन् ।

उनी दिनको शुरुवात पानीबाट गर्छिन । त्यसपछि एक कडा चिया पिउँछिन् जसमा चिनी नर्मल हुन्छ । त्यससँगै उनी भिजाएर राखेको बदाम र किसमिस खान्छिन् । उनले यी सबै आफूलाई बच्चा हुँदा आमाले खुवाएको बताउँछिन् । उनले यी खानेकुराका फाइदाबारे पनि चर्चा गरेकी छन् ।

उनी योग र मेडिटेशन पश्चात केही फल खाने बताएकी छन् । दिउँसोको खानामा उनी दाल, भात र तरकारी खान्छिन् । उनलाई भात उत्तर भारतीय शैलीको पकौडा पनि रुचीकर लाग्छ । उनी दालमा कागती निचोरेर खाने गर्दछिन् । उनलाई दही पनि असाध्यै मन पर्छ ।

उनी रातिको खानामा खिचडी खान्छिन् । उनले दुधमा बेसार हालेर खाने गरेको बताउँछिन् । खिचडी वा दही भात वा सलाद उनको दिनको अन्तिम खाना हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: