३७ वर्ष इतिहास बोकेको कुमारी फिल्म हल सधैँको लागि बन्द « Nagarik Khabar

३७ वर्ष इतिहास बोकेको कुमारी फिल्म हल सधैँको लागि बन्द




काठमाडौं । ३७ वर्षको इतिहास बोकेको कुमारी फिल्म हल सँधैको लागि बन्द भएको छ । क्यूएफएक्सले सिनेमा घर नै बेचिदिएपछि अब पुनः फिल्म प्रदर्शन नहुने निश्चित भएको हो । कुमारी फिल्म हलभित्रका सबै सामानहरु शनिबारदेखि हटाउन सुरु गरिएको हो ।

पुनः फिल्म प्रदर्शनको प्रयोजनका लागि हल संचालनमा नआउने क्यूएफएक्स प्रमुख नकिम उद्दिनको भनाई छ । उक्त हललाई अब अन्य प्रयोजनका लागि उपयोग गरिने भएको छ ।

कोरोना महामारीपछि नेपालमा फिल्म प्रदर्शनको इतिहास बोकेका जयनेपाल र कुमारी हल बन्द भएका हुन् । जयनेपाल दोस्रो लकडाउनअघि सँधैका लागि बन्द भएको थियो ।

२०४१ सालमा स्थापना भएको कुमारी फिल्म हलमा पहिलोपटक ‘जय सन्तोषी माता’ फिल्म प्रदर्शन गरिएको थियो । २०६२ सालमा क्यूएफएक्सले संचालनको स्वामित्व लिएको कुमारी निर्मातालाई नाफा दिने हलमध्ये एक हो ।

यस्तै जयनेपाल र कुमारी हल बन्द भए पनि क्यूएफएक्सले वीरगञ्ज र दमौलीमा थप दुई नयाँ हल स्थापना गरिएको छ । महमारी सामान्य भएपछि यी दुई फ्रेन्चाइजलाई संचालनमा ल्याउने तयारी गरिएको बताइएको छ ।अहिले तत्काल नाफा नहुने हललाई बन्द गरेर आफूहरु मोफसलमा फ्रेन्चाइज विस्तारमा लागिपरेको क्यूएफएक्स प्रमुख उद्दिनले बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: