महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोगमा « Nagarik Khabar

महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोगमा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोगको कार्यालय पुगेका छन् । निर्वाचन आयोगले छलफलका लागि जसपाका दुवै पक्षलाई आज बोलाएको थियो ।

आयोगमा ठाकुर पक्षका ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सरदसिंह भण्डारी पुगेका छन् भने यादव समूहका उपेन्द्रसहित महेन्द्र राय यादव आयोग पुगेका छन् ।

पार्टीमा विवाद बढेपछि दुवै पक्षले एक अर्को पक्षलाई कारबाही गर्दै आफू नै आधिकारिक भएको दाबीसहित आयोगमा निवेदन दिएका थिए ।

आयोगले त्यसलाई प्रक्रियामा अगाडि लिएर दुवै पक्षलाई छलफलका लागि आज बोलाएको हो ।

उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम छलफलका लागि बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: