नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ४० खर्ब « Nagarik Khabar

नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ४० खर्ब



काठमाडाैं । धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३४ बिन्दुले उकालो लागेर दुई हजार ८७१.०३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७४ बिन्दुले उकालो लागेर ५३९.५१ मा पुगेको छ ।

कुल २२३ कम्पनीको एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर रु पाँच अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ मूल्यमा खरिद बिक्री भए । मंगलबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ९३ अर्ब ७५ करोड ९४ लाख ५० हजार बराबर पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहको मात्रै सेयर ओरालो लागेको छ । सो उपसूहको शेयर ६६.१९ बिन्दुले घट्दा अन्य १२ उपसमूहको सेयर भने उकालो लागेको छ । बैंकिङ १४.२४, व्यापार ८.४१, होटल तथा पर्यटन १९.२९, विकास बैंक ७०.३३, जलविद्युत् १३.९१, वित्त ९३.७८, निर्जीवन बीमा १४.४, उत्पादन ५.०९, अन्य ८.११, लघुवित्त ३३.९३, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.४ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल बंगलादेश बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४५ करोड ४७ लाख ४७ हजार १८८ बराबरको कारोबार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स रु २३ करोड ३५ लाख ३३ हजार २६८, एनआइसी एसिया बैंक रु १९ करोड ९५ लाख १९ हजार ८९१, निर्धन उत्थान लघुवित्त रु १९ करोड ९० लाख ६१ हजार ९८० र नबिल बैंक रु १८ करोड ३० लाख ९० हजार ६९६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स ६.९८, समृद्धि फाइनान्स ६.७९, मञ्जुश्री फाइनान्स ६.६६, प्रागेसिभ फाइनान्स ६.५९ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ६.५२ प्रतिशतले कमाए । यसैगरी, सानिमा लार्ज क्याप फण्ड ३.०८, सिइडिबी हाइड्रोपावर १.६१, इन्फिनिटी लघुवित्त १.३४, ग्लोबल आइएमई समुन्नत स्किम एक १.२६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.१२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: