कर नतिर्ने हिरोलाई अदालतको यस्तो सवक « Nagarik Khabar

कर नतिर्ने हिरोलाई अदालतको यस्तो सवक



एजेन्सी । दक्षिण भारतको मद्रास उच्च अदालतले कलाकार विजयलाई चेतावनी दिएको छ । विषयले आफ्नो लग्जरी इम्पोर्टेड कार रोल्स रोयस घोस्टमा आयात कर लगाएकोमा विरोध गरेका थिए । यसमा अदालतले जसलाई मानिसहरु वास्तविक हिरोका रुपमा बुझ्छन् । उनीहरु फिल्मका हिरोका रुपमा पनि व्यवहार नगर्ने देखिएको जनाएको छ । अदालतले यस्ता सम्मानित कलाकारबाट कर समयमै र उचित प्रकारले तिरुन् भन्ने हुने तर यिनीहरुबाट त्यस्तो व्यवहार नपाइने गरेको जनाएको हो ।

विजय नामका यी नायकले बेलायतबाट सन् २०१२ मा यो कार मगाएका थिए । यसमा मद्रास उच्च अदालतका न्यायाधीश एसएम सुब्रमन्यमले तमिलनाडु जस्तो प्रदेशमा कलाकार शासक बन्ने गरेको बताए । उनीहरुबाट फिल्मी हिरो जस्तो व्यवहारको अपेक्षा फिका पर्ने गरेको बताए ।

कर चुक्ता नगर्नु राष्ट्र विरोधी असंवैधानिक कार्य भएको उनको तर्क छ । अदालतले विजयलाई जरिवानाको रकम दुई हप्ताभित्र चुक्ता गर्न आदेश दिएको छ । उनले तिरेको जरिवाना कोभिड रिलिफ फण्डमा जम्मा हुने बताइएको छ ।

रोल्स रोयस घोस्टको भारतीय बजारमा झण्डै १० करोड रुपैयाँ पर्छ । तमिलनाडुमा यो कारको दाममा २० प्रतिशत आयात शुल्क लगाइएको छ । अदालतले अभिनेता विजयलाई उक्त जरिवाना स–सम्मान जम्मा गर्न भनेको छ । अदालतले टिकट काटेर उनको फिल्म हेर्न जाने लाखौं शुभेच्छुकको भावनाको ख्याल गर्न पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: