सत्तारूढ ५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा बस्दै « Nagarik Khabar

सत्तारूढ ५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा बस्दै



काठमाडौं । सत्तारूढ ५ दलीय गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दिउँसो साढे ४ बजे बस्न लागेको हो । सत्ता समीकरण, सञ्चालन र मन्त्री परिषद् गठनबारे बैठकमा छलफल हुने स्रोतले बताएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गएको सोमबार प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । प्रधानमन्त्री देउवाले मंगलबार पद तथा गाेपनीयताकाे शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: