‘क्यान्सर किलर’ हाम्रा भान्साका यी खानेकुरा « Nagarik Khabar

‘क्यान्सर किलर’ हाम्रा भान्साका यी खानेकुरा



काठमाडौं । हाम्रा खानपानका कारण क्यान्सर रोग अहिले चुनौती बनेर खडा भएको छ । त्यसका लागि हामीले हाम्रो भान्सामा भएका चिजबीजहरुलाई मात्रा मिलाएर सेवन गरे यस प्राणघातक रोगबाट बच्न सकिने विभिन्न अनुसन्धानहरूले पुष्टी पनि गरेका छन् । आउनुहोस् तिनीहरुबारे यहाँ चर्चा गरौंः–

बेसार: हाम्रो खानपिनमा बेसारको स्थान मुख्य रहेको छ । बेसार एउटा राम्रो एन्टिसेप्टिक हो ।

ग्रीन टी : एन्टिअक्सिीडेन्ट गुणहरुबाट भरिपूर्ण ग्रीन टीले शरीरलाई रोग प्रतिरोधी बनाउन सहयोग गर्छ । यसमा एक किसिमको पोषण तत्व हुन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । त्यसैले क्यान्सर प्रतिरोधी खानेकुरामा ग्रीन टि मूख्य मानिन्छ ।

तुलसी : तुलसीको नियमित सेवनले शरीरका अनेक रोगहरु समाप्त हुँछन् । हरेक दिन तुलसीको २ वा ३ पत्ता खाने गर्नुस । यसबाट क्यान्सर त के ज्वरो पनि आउँदैन ।

गाईको दुध : गाईको दुधमा यति शक्ति हुन्छ कि यसले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउनुका साथसाथै हामीलाई कैयन रोगहरुबाट बचाउँछ । गाईको दुधको नियमित सेवनबाट राहत मिल्दछ ।

सोयाबिन : सोयाबिनमा ओमेगा ३ ले शरीरमा पोषक तत्व पुर्‍याएर क्यान्सरको प्रारम्भिक लक्षणहरुलाई पहिले नै रोकिदिन्छ । यसमा हुने त्यसैले दैनिक खानामा सोयाबिन बढीभन्दा बढी प्रयोग गर्दा यसले ट्यूमरलाई बढ्न दिँदैन ।

दही: दहीमा हुने ब्याक्टेरिया क्यान्सरबाट लड्न सहयोगी हुन्छ । दहीले आन्द्रामा हुने क्यान्सरबाट बचाउँछ । यसले शरीरमा क्यान्सर बढ्नबाट रोक्छ ।

गाजर: गाजललाई सलादको रुपमा खाए पनि हुन्छ, जुस बनाएर पिए पनि हुन्छ । गाजरको सेवन स्वास्थ्यका लागि जति फाइदाजनक छ । क्यान्सरको रोकथामका लागि पनि त्यत्तिकै असरदार छ ।

लसुन: क्यान्सरका रोगीहरुलाई यदि लसुन पिसेर पानीमा घोलेर खुवाइयो भने यसबाट क्यान्सर भएकाहरुलाई औधी फाइदा पुग्छ । क्यान्सरको रोगहरुका लागि लसुन एउटा औखति जस्तै हो ।

टमाटर: टमाटरमा हुन प्रोटिनले शरीरमा क्यान्सरको प्रभावबाट हुने खतराहरु कम गर्छ ।

कागती : कागतीको रस क्यान्सर रोगीहरुका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनबाट शरीरमा क्यान्सर लाग्न पाउँदैन ।

अदुवा: अदूवाको रस दिनमा दुईपटक दुई चम्चाको मात्राले सेवन गर्दा क्यास्रबाट निक राहत प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: