यस्तो गाउँ जहाँका सबै मान्छे करोडपति छन् « Nagarik Khabar

यस्तो गाउँ जहाँका सबै मान्छे करोडपति छन्



एजेन्सी । संसरमा एउटा यस्तो गाउँ छ जहाँ धनीहरुले मात्रै भरिएको छ । जहाँका हरेक मानिसहरुको बैंक एकाउन्टमा करोडौँ रकम मौज्दात रहेको छ ।

उक्त गाउँमा दुनियाँका जुनसुकै सम्वृद्ध शहरलाई माथ लिने सुख सुविधा उपलब्ध छ । संसारको सबैभन्दा धनी यो गाउँ चीनको जियांग्सू प्रान्तमा रहेको छ । उक्त गाउँको नाम वाक्सी हो । चीनको यो गाउँ यस्तो छ कि त्यहाँ पुग्दा जोकोहीले पनि देशको राजधानीमा जस्तै सुविधाहरु सजिलैसँग प्राप्त गर्न सक्दछ ।

यो गाउँमा उपलब्ध सुखसुविधाका कारण यसलाई सुपर भिलेजको नामले पनि चिनिन्छ । उक्त गाउँमा ७२ तले गगनचुम्बी महल रहेको छ । त्यस्तै हेलिकप्टर टेक्सिस, थीम पार्क तथा लक्गरी भिल्ला पनि छन् । यस गाउँमा करीब दुई हजार मानिसको बसोबास छ । सो गाउँका बासिन्दाहरुका अनुसार त्यहाँका हरेक मानिसको बैंक खातामा कम्तिमा पनि १० लाख युआन अर्थात् झण्डै डेढ करोड रुपैयाँ मौज्दात छ ।

साथै गाउँका हरेक परिवारलाई सरकारको तर्फबाट घर दिइएको छ । यदि कोही मानिसले गाउँ छाड्न चाहेमा आफ्नो सम्पत्ति र सुखसुविधा सबै त्याग गर्नुपर्दछ । त्यसैले पनि सो गाउँमा मानिसहरु कहीँपनि बसाईं नसरिकन सुखसयलका साथ जीवनयापन गरिरहेका छन् ।

वाक्सीलाई करोडौँ डलरको कम्पनीहरुको गढ पनि मानिन्छ । त्यहाँ स्टिल तथा सिपिङ्ग जस्ता मूख्य-मूख्य कम्पनीहरु रहेका छन् । गाउँका सबैजसो घरहरु एकै प्रकारका छन् । बाहिरबाट हेर्दा त्यो कुनै विशाल होटल परिसर जस्तै लाग्दछ ।

टिलिक्क टल्किने गाउँको सडकले जोसुकैलाई पनि आकर्षिक गर्दछ । अहिले सम्वृद्धिको शिखरमा पुगेको यो शहर कुनै समय निकै गरीब थियो । गाउँलाई प्रगति र सम्वृद्धिको चुलीमा पुर्‍याउने श्रेयचाहिँ कम्युनिष्ट पार्टीका स्थानीय सचिव वू रेनाबोलाई जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: