तमु समाज युकेबाट लमजुङका बाढीपीडितलाई साढे तीन लाख सहयोग (भिडियो) « Nagarik Khabar

तमु समाज युकेबाट लमजुङका बाढीपीडितलाई साढे तीन लाख सहयोग (भिडियो)



काठमाडौं । तमु समाज युकेले हालै लमजुङमा गएको बाढीपहिरो पीडित परिवारलाई सहयोग गरेका छन् ।

तमु समाज युकेका आजीवन सदस्य तथा वरिष्ठ उपाध्यक्षका हर्कबहादुर गुरुङकी श्रीमती शान्तिकला गुरुङले बाढी पहिरो पीडित परिवारका काठमाडौंमा रहेकी छोरी लोक दोहोरी गायिका निता गुरुङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

लमजुङको दोर्दी गाउँपालिका वडा नं. ८ का बाढी पहिरो पीडितहरु बुद्धीबहादुर गुरुङ, श्रीमती सिरकुमारी गुरुङ र देबिका गुरुङका लागि तमु समाज युकेका आजीवन सदस्य तथा सल्लाहकार टेकबहादुर गुरुङले बाढी पीडित परिवारको लागि राहत संकलनका लागि निवेदन दिएपछि गत २८ जुनदेखि ११ जुलाई २०२१ सम्म आर्थिक सहयोग संकलन गरिएको थियो ।

सो राहत संकलनमा अध्यक्ष शिवकुमार गुरुङको निगरानीमा कोषाध्यक्ष खेमबहादुर गुरुङको पहलको संकलित रकमको विस्तृत जानकारी दिएका थिए । त्यस्तै महासचिव धरमबल गुरुङले सूचना दिने सक्रिय भूमिका निर्वाह गरेका थिए ।

साथै, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले प्रचार–प्रसार अभियान सञ्चालन गरेका थिए भने निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङले संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: