संसद् सचिवालयमा दर्ता भयो प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव « Nagarik Khabar

संसद् सचिवालयमा दर्ता भयो प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतको भनाइ छ ।

कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीद्वारा सभामुखमार्फत संसद् सचिवालयमा दर्ता भइसकेको र आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसद्को समर्थन चाहिन्छ । यतिबेला देउवाको पक्षमा कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्ष र जनमोर्चासहित १ सय २८ सांसद् छन् । नेकपा एमालेको माधव कुमार नेपाल समूहका ८ सांसद्ले मत दिएमा देउवाले विश्वासको मत पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: