सरकारद्वारा भूमि समस्या समाधान आयोग खारेज « Nagarik Khabar

सरकारद्वारा भूमि समस्या समाधान आयोग खारेज



काठमाडौं । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको ‘भूमि आयोग’ खारेज भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को वैठकले आयोग खारेज गर्दै आयोगको केन्द्र र जिल्लास्थित सम्पुर्ण संरचना बन्द गर्नै निर्णय गरेको हो । अब केन्द्रमा रहेका आयोगका पदाधिकारी र ७७ जिल्लाका आयोगका सदस्यहरु बर्खास्तीमा परेका छन ।

केन्द्रमा नेकपा (एमाले) का नेता देवी ज्ञवालीको नेतृत्वमा रहेको आयोगमा सदस्यहरु जगतबहादुर देउजा, भीमबहादुर कार्की, मञ्जली शाक्य बज्राचार्य, बिक्रम यादव, गोपाल गुरागाईं, जगदेव यादव, केशव देवकोटा, एकबहदुर राना मगर, शोभा राम बस्नेत, बुद्धि प्रसाद शर्मा, अगस्त राज अधिकारी र ऋषिराम तिवारी रहेका थिए ।

आयोगको ७७ जिल्लामा एक उपसचिव र दुई जना अधिकृत तहको सेवासुविधा पाउने गरी केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले आफ्ना कार्यकर्ताहरुलाई नियुक्ति दिएको थियो ।

ओलीले नेता/कार्यकर्तालाई पोस्ने उद्देश्यअनुपरुप आयोग गठन गरेका हुन् । जुन आयोग गठन निम्ति कतैबाट माग आएको थिएन । आयोगमा अध्यक्ष राज्यमन्त्री र अरु सदस्यले सचिवसरहको सुविधा पाएका थिए । त्यसअतिरिक्त ७७ वटै जिल्ला संयोजकलाई सहसचिवसरहको सुविधा उपलब्ध गराइएको थियो । त्यसअतिरक्त जिल्ला तहका सदस्यहरुलाइ अधिकृत सरहको सुविधा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: