प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी इमरान खानले दिए बधाई « Nagarik Khabar

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी इमरान खानले दिए बधाई



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि उनले सोमबार ट्विटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएका हुन् ।

“पाकिस्तान नेपालसँगको सौहार्दपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र साझा चासोका विषयमा नजिक भएर कामलाई निरन्तरता दिन चाहन्छ,” खानले भनेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाउनासाथ गएराति बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: