२० लाख रुपैयाँ पर्ने रक्सीको बोतल प्रियंकालाई बर्थडे गिफ्ट « Nagarik Khabar

२० लाख रुपैयाँ पर्ने रक्सीको बोतल प्रियंकालाई बर्थडे गिफ्ट



एजेन्सी । भारतीय नायिका प्रियंका चोपडालाई उनको जन्मदिनको अवसरमा उनका पतिले महंगो उपहार दिएका छन् । ३९ औं जन्मदिनमा प्रियंकालाई उनका पति निक जानसले रेड रक्सीको महंगो बोतल दिएका हुन् । यसको मूल्य २० लाख भन्दा बढी रुपैयाँ पर्ने जनाइएको छ ।

पति निकले अमेरिकाबाट प्रियंकालाई पठाएका हुन् । प्रियंकाले यसलाई इन्टाग्राममा सेयर गर्दै ‘लभ यू निक’ लेखेकी छन् । शेटो मुटेन रोथशील्डको उक्त बोतललाई सेतो फूल, मैनबत्ती र सानो टाए वाइन बोतलले सजाएकी छन् ।

यो एक दुर्लभ वाइन हो । यसलाई फ्रान्सको बोर्डोस्थित उत्तरी वेस्टमा बनाइन्छ । १०,००० देखि १३, ००० ब्रिटिस पाउण्ड पर्ने यो वाइनको नेपाली दाम २० लाख भन्दा बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: