अनौठो काउली, यसरी बन्छ पिरामिड आकार « Nagarik Khabar

अनौठो काउली, यसरी बन्छ पिरामिड आकार



एजेन्सी । पिरामिडको जस्तै देखिने संसारकै विचित्रको काउलीमाथि वैज्ञानिकहरु अहिले अनुसन्धानमा लागेका छन् । यो काउली यति विचित्र कसरी भयो भन्ने बारेमा वैज्ञानिकहरुले कारण समेत बताएका छन् । यसलाई रोमनेस्को काउली भनिन्छ । यो सेलेक्टिभ ब्रिडिङ्गको उत्तम उदाहरण हो । यसको बनावट फ्रेन्च नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चका वैज्ञानिकहरुको अध्ययनबाट गरिएको हो ।

अनुसन्धानकर्ता फ्रांस्वा पार्सीले यो काउलीलाई अनौठो बनाउन यसको फूलले भूमिका खेलेको बताउँछन् । उनका अनुसार काउलीमा भएको दानादार फूल ठूलो फूलमा बदलिन्छ खोज्छ तर त्यस्तो हुनसक्दै र यसको तलको भाग डाँठ बन्छ र माथिको भाग मुनाका रुपमा रहन्छ । यो प्रक्रिया धेरै पटक हुँदा एउटा मुनाको भाग अर्को मुनामा खप्टिन थाल्छ र पिरामिड जस्तो बन्न जान्छ ।

शोधकर्ता एलेक्जेण्डर बुक्सले काउलीको पिरामिड जस्तो आकृति पत्ता लगाउनका लागि जरुरी भएको बताएका छन् ।
यो काउलीमा भिटामिन–सी र फाइबर धेरै मात्रामा पाइन्छ । यसको प्रयोग तरकारी र सलादका रुपमा पनि हुने गरेको छ । युरोपेली र अमेरिकी देशहरुमा यसको खेती हुन्छ । अमेरिकमा यो ३५ सय नेपाली रुपैंयाँ पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: