‘जोन्सन एन्ड जोन्सन’ खोप अभियानको दोस्रो दिन (फोटो फिचर) « Nagarik Khabar

‘जोन्सन एन्ड जोन्सन’ खोप अभियानको दोस्रो दिन (फोटो फिचर)



  • किरण शाही

ललितपुर । ललितपुर महानगरपालिका–६ थपाहिटीमा आज जोन्सन एन्ड जोन्सनको खोप लगाइएको छ ।

खोप अभियानको अन्तिम दिन सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान प्रवेशाज्ञा लिइसकेका व्यक्तिलाई समेत सो खोप लगाइएको हो ।

सोमबार पूर्ण तथा अति अशक्त अपाङ्गता भएका नागरिकका साथै हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई खोप लगाइएको थियो ।

यस्तै, ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोगाउन सो खोप लगाइएको थियो ।

सरकारले तोकेको मापदण्डभन्दा बाहेक अन्य व्यक्तिलाई कोरोनाविरुद्धको खोप नलगाइएको वडा सदस्य राजीव श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: