बस्नेतले भने, ‘माओवादी र कांग्रेससँग मैदानमा लड्न चाहान्छौँ’ (भिडियो) « Nagarik Khabar

बस्नेतले भने, ‘माओवादी र कांग्रेससँग मैदानमा लड्न चाहान्छौँ’ (भिडियो)



काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेको युवा नेता महेश बस्नेतले माओवादी र कांग्रेससँग आफूहरु लड्न चाहेको बताएका छन् । उनले आज राष्ट्रिय युवा संघको अन्तर जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा काठमाडौंमा यस्तो बताएको हो ।

बस्नेतले आफूहरु कांंग्रेस र माओवादीसँग भिड्न तयारी अवस्थामा रहेको बताए । उनले आफूहरु चुनावको लागि तयारी अवस्थामा रहेको र माओवादी र कांग्रेससँग लड्न तयार रहेको बताए । उनले भने, ‘हामी कांग्रेस र माओवादीलाई मैदानमा लल्कार्न चाहान्छौं, जुद्न चान्छौं, लड्न चाहान्छौं, चुनावको घोषणा गर्नुस् ।’

उनले कांग्रेस र माओवादीलाई राजनीतिक संकार सिकेर आउन पनि आग्रह गरेको छ । तर, एमालेमामाथि औंला उठाए आफूहरुले त्यही अनुसारको जबाफ दिनेपनि बताए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘अहिले व्यक्तिलाई भाग पुगेन भनेर संविधान संसोधन गर्ने कुरा आइरहेको छ, मन्त्रिपरिषद् विस्तारको लागि, सावधान यस्ता कुकर्म गर्न लाग्नु भयो भने तपाईहरुलाई ठाउँको ठाउँ तह लगाउँन तयार छौँ ।’

उनले दश अर्ब भष्ट्रचार गर्ने विजय कुमार गच्छदारलाई धरौटीमा रिह्या गरेको भन्दै विरोधसमेत गरे । उनले एमालेलाई सिध्याउन लाग्नेलाई तह लगाउन युवा संघलाई निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: