चीनमा ६ सय किलोमिटर प्रतिघण्टाको सुपर स्पीड रेल सार्वजनिक « Nagarik Khabar

चीनमा ६ सय किलोमिटर प्रतिघण्टाको सुपर स्पीड रेल सार्वजनिक



एजेन्सी । नेपालमा पालमा छोपेको रेलको तस्विर हेरेर सपना बुन्ने नेपालीहरुका लागि यो अचम्मको कुरा हो । तर, देशका सीमामा पारी पट्टि चीनले सडक र रेलका क्षेत्र गरेको प्रगति हेर्दा मनमनै भने रोमाञ्चित हुन बाध्य छौं ।

चीनमा हावाको गतिमा चल्ने म्याग्लेव ट्रेन सार्वजनिक गरिएको छ । यस ट्रेनको गति ६ सय किलोमिटर प्रति घण्टाको रफ्तार रहेका बताइएको छ । यो रेल हाई टेम्परेचर सुपरकन्डक्टिङ्ग पावरमा कुद्छ । यो कुद्दा यस्तो लाग्छ कि रेल चुम्बकीय ट्राकमा बगिरहेको छ । त्यसैकारण यो रेललाई ‘फ्लटिङ्ग ट्रेन’ को नाम दिइएको छ ।

६ सय किलोमिटर प्रतिघण्टाको गतिले चल्ने यो रेलबाट बेइजिङबाट संघाईसम्मको यात्रा केबल साढे दुई घण्टामा तय गर्न सकिन्छ । दुबै शहरबीचको दूरी एक हजार किलोमिटर भन्दा धेरै छ । यो रेल देशमा हवाई जहाजबाट यात्रा गर्नेहरुका लागि एउटा गतिलो विकल्व बन्ने बताइएको छ ।

संघाईबाट राजधानी बेइजिङको दूरी हवाई जहाजबाट तय गर्दा ३ घण्टा लाग्छ । त्यसैगरि हाइस्पीड रेलबाट करीब साढे पाँच घण्टा लाग्छ । रिपोर्टमा जनाइए अनुसार पछिल्लो २० वर्षमा चीनमा यो प्रविधिमा काम भैरहेको थियो । चीनको सबैभन्दा ठूलो औद्योगिक शहर संघाईमा म्यालेव रेलको छोटो लाइन पनि छ । हवाई अड्डाबाट सहरसम्मको उक्त छोटो लाइन पश्चात चीनले अब एक शहरबाट अर्को शहर जोड्ने योजना बनाइएको हो ।

प्रारम्भिक रुपमा संघाई शहरबाट छेङ्दु शहरका बीचमा यो रेल चलाइने छ । चीनको सरकाी मिडियाका अनुसार रेल आजबाट सार्वजनिक भएको हो । यो रेलको लम्बाई ६९ फिट छ । यो रेल चीनको तटीय शहर किङ्गदाओमा तयार गरिएको हो । पछिल्लो चरणमा जापानदेखि जर्मनीसम्मले यसप्रकारको रेल बनाउने प्रारम्भिक तयारी गरेको बताइएको छ । यी देशहरुका लागि उच्च लागत र बनेका हालका ट्राकहरुको बनावटको कारण यसको थालनीमा व्यवधान खडा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: