योगेश भट्टराईको पहलमा कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणिलाई ६ लाखको पुरस्कार « Nagarik Khabar

योगेश भट्टराईको पहलमा कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणिलाई ६ लाखको पुरस्कार



काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धी भतरमणि पौडेललाई ६ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ ।

पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्वमन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा सो पुरस्कार घोषणा गरिएको हो । भट्टराईले व्यक्तिगतरुपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी ५ लाखको पुरस्कार घोषणा गरिएको हो । सो पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिने छ ।

ताप्लेजुङका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको टप ६ मा प्रतिस्पर्धा गरिरहेका छन् । जिल्लाको उदाउँदो कलाकारलाई प्रोत्साहन स्वरुप सो पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताए ।

उनकै संयोजनमा काठमाडौंमा उपलब्ध ताप्लेजुङका संघसंस्थाका प्रतिनिधिहरुको भेलामा उनले जिल्लाबासीका नाताले सबैले पौडेललाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे । भट्टराईले जिल्लाका विभिन्न क्षेत्रका प्रतिभा तथा कलाकारहरुलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम पुरस्कार र अक्षय कोषसमेत स्थापना गर्दै आएको छ । कलाकारिताको सम्मान गर्न सकियो भने संस्कृतिको सम्मान हुने धारणा राख्दै नव प्रतिभालाई अघि बढ्ने वातावरण बनाउन सदैव अग्रसर हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: