समुद्रीक जीव सिपीको कारण टोकियो ओलम्पिक खेल स्थल विथोलिने चिन्ता « Nagarik Khabar

समुद्रीक जीव सिपीको कारण टोकियो ओलम्पिक खेल स्थल विथोलिने चिन्ता



काठमाडौं । टोकियो ओलम्पिकमा जलक्रिडाहरुको प्रतिस्पर्धाका लागि बनाइएको खेल स्थल समुद्रीक जीव सिपीको कारण विथोलिने चिन्ता भएको छ । प्रतिस्पर्धा गर्न बनाइएको समुद्रीक क्षेत्रमा सिपी अप्रत्यासतिरुपमा देखिन थालेपछि चिन्ता हुन थालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

टोकियो बेको सी फरेष्ट वाटरवेको सतहमुनी सिपीका कारण समस्या देखा परेको थियो । उक्त स्थानमा क्यानोइङ एन्ड रोइङ खेल आयोजना हुन लागेको छ । त्यस स्थानमा अन्तर्राष्ट्रिय नियमअनुसार पानी छचल्किएर प्रतियोगीलाई प्रभावित नपरोस् भन्ने उदेश्यले विशेष उपकरणहरुको व्यवस्था गरिएको थियो ।

तर, ती उपकरणहरुका सिपीको ठूलो संख्या टासिएपछि तैरिने उपकरणहरुको धेरै जसो भाग पानी मुनी गएको थियो । उक्त समस्या समाधान गर्न चुनौतिपूर्ण रहेको थियो । ५ किलोमिटरभन्दा धेरै भागलाई पानी बाहिर ल्याइएको थियो भने गोताखोरहरुले पानी भित्र गएरपनि सफा गरेका थिए ।

उक्त उपकरणबाट सिपीे हटाउन १२ लाख ८० हजार डलर खर्च भएको थियो । भने १४ टनभन्दा बढी सिपी निकालिएका थिए । सिपी जानपानको लोकप्रिय समुन्द्री खाद्यान हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: