चौथो वेभ आएको दक्षिण कोरियामा २४ घन्टामा अहिलेसम्मकै बढी संक्रमित « Nagarik Khabar

चौथो वेभ आएको दक्षिण कोरियामा २४ घन्टामा अहिलेसम्मकै बढी संक्रमित



दक्षिण कोरिया । कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ ।यहाँका अधिकारीहरुले मंगलबार यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड–१९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् ।दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो समयमा राजधानी सोल महानगरपालिका क्षेत्रमा नै धेरै संक्रमितहरु पाइएको बताइएको छ ।

यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टा यता मात्र एक हजार ७ सय ८४ जना कोभिडका संक्रमितहरु भेटिएका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन् ।

यहाँका अधिकारीहरुले दक्षिण कोरियामा गएको हप्ता देखि निरन्तर रुपमा संक्रमितहरु बढ्दै गएको पनि बताएका हुन् । उनीहरुका अनुसार दक्षिण कोरिया कोभिड संक्रमणको चौथो वेभमा प्रवेश गरेको छ । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाई गरेको छ ।

योसँगै दक्षिण कोरियामा कोभिडका संक्तमितको संख्या १ लाख ८२ हजार ७ सय २२ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको हो । अधिकारीहरुले यही जुलाई १ देखि देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा हाल त्यहाँ संक्रमितहरु कम्तीमा पनि ५६ प्रतिशत बढेका छन् ।

यसरी प्रत्येक दिन संख्या बढ्दै गएका कारण पनि दुई हप्ता अघि नै यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।मंगलबार देखिएका यी संक्रमतिहरुमा आधाभन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ ।

कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा संक्तमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: