भारतमा थप ४२ हजार १५ नयाँ संक्रमित « Nagarik Khabar

भारतमा थप ४२ हजार १५ नयाँ संक्रमित



भारत । भारतमा कोरोना भाइरसबाट नयाँ ४२ हजार १५ जना संक्रमित भएका संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा हाल कुल संक्रमितको संख्या तीन करोड १२ लाख १६ हजार भन्दा बढी पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या चार लाख ७ हजार १ सय ७० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ४ सय ८९ जनाको मृत्यु भएको छ । तर, महाराष्ट्र राज्यले कोरोना संक्रमणका कारण पहिले नै ज्यान गुमाएका तर तथ्याङ्कमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घण्टामा कोरोना संक्रमितको कारण मृत्यु भएकाको संख्या तीन हजार ९ सय ९८ भएको मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

कोरोना भाइरसबाट मृत्यु भएकाको कुल संख्या भारतमा अहिलेसम्म चार लाख १८ हजार ४ सय ८० पुगेको पनि सो मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३६ हजार ९ सय ७७ कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ९० हजार ७ सय १० व्यक्ति कोरोना मुक्त भएका छन् ।

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ९१ लाख ५३ हजार २ सय ७३ जनाको स्वाब परीक्षण गरिएको छ । त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड ५४ लाख ७२ हजार ४ सय ५५ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: