प्रधानमन्त्री देउवालाई भेट्न विप्लव बालुवाटारमा « Nagarik Khabar

प्रधानमन्त्री देउवालाई भेट्न विप्लव बालुवाटारमा



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ बालुवाटार पुगेका छन् । पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएको विप्लव आज प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न बालुवाटार गएका हुन् ।

भेटमा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण सहभागी छन् भने नेकपाबाट विप्लवसहित नेताहरु खड्ग बहादुर विश्वकर्मा‘प्रकाण्ड’ र धमेन्द्र बास्तोला सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अघिल्लो सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताइएको छ ।

विप्लवसहितका नेताहरुले यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, एमाले नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: