दलीय प्रणाली खल्बल्याएको भन्दै जनतामा जाने सहित एमाले बैठकका चार निर्णय « Nagarik Khabar

दलीय प्रणाली खल्बल्याएको भन्दै जनतामा जाने सहित एमाले बैठकका चार निर्णय



काठमाडौं । नेकपा (एमाले)को लगातार तेस्रो दिन जारी बैठकले सर्वोच्चको फैसलाले दलीय प्रणाली खल्बल्याएका भन्दै जनतामा जाने निर्णय गरेको छ । उक्त पार्टीले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई खल्बल्याएको भन्दै असहमतिहरु जनतामा पुर्याउने निर्णय गरेको हो ।

बैठक पश्चात निर्णयहरु सार्वजनिक गर्दै पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ऐतिहासिक कामहरु गर्न सफल भएको निश्कर्ष निकालेको छ भने संविधान, लोकतन्त्र र राष्ट्रियताका विषयमा अग्रपंक्ति रहेर प्रतिपक्षको प्रभावकारी भूमिका निर्वाह गर्ने पनि निर्णय गरेको छ ।

त्यसैगरि कार्यकर्तालाई विद्यमान परिस्थितिबाट निराश नहुन आव्हान गर्दै चुनाव जितेर ‘कमब्याक’ हुने पनि भनिएको छ । बैठकले नेपालको संविधानको धारा ७६(५) लाई संसोधन गर्न पहल गर्ने समेत निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: