ओलीको यस्ताे लचकता पनि किन लत्याइरहेछन् नेपाल ? « Nagarik Khabar

ओलीको यस्ताे लचकता पनि किन लत्याइरहेछन् नेपाल ?



काठमाडौं । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गिर्दा समेत नेकपा एमालेमा रहेको आन्तरिक विवाद समाधानको दिशा तिर गएको छैन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच दूरी कायमै छ । अध्यक्ष ओलीले पार्टी वा सरकारको नेतृत्व मध्ये एक छोड्नु पर्ने नेपाल–खनालको विगतको सर्त रहेको थियो ।

अब अध्यक्ष ओली सरकारको नेतृत्वमा नरहेपनि विवाद समाधानका लागि हुने गरेका छलफल पनि निस्काम हुने गरेका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफू हदैसम्म लचिलो हुँदा पनि पार्टी एकताका लागि माधव नेपाल तयार नभएको दुखेसो पोखेका छन् ।

सरकारमा रहँदा माधव नेपाललाई प्रधानमन्त्री दिन आफूलाई बहुला कुकुरले नटोकेको बताएका ओलीले सरकारबाट बाहिरिएपछि भने नेपाललाई दोस्रो अध्यक्ष दिन पनि आफू तयार भएको बताएका छन् । उनले आफूले यति भन्दा पनि पार्टी एकताप्रति इच्छा नदेखाएर नेपालले बाहना खोजिरहेको बताए ।

उनले सर्वोच्च अदालतको फैसला संसदीय व्यवस्थानुकूल नभएको टिप्पणी गर्दै जनताको चाहनालाई कुल्चेर केही नेताले गद्दारी गरेकाले आफ्नो नेतृत्वको सरकार ढलेको बताए । “मसँग अब अरु आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर सत्ता गठबन्धनमा लागेका सबै पार्टीका नेतालाई आफ्नो राजनीतिक जीवन बचाउन अनुरोध गर्छु”, अध्यक्ष ओलीले बैठकमा भने। अर्को बैठक बिहीबार दिउँसो ३ बजे पुनःबस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: