पेनकिलर्सको विकल्प तयार पार्ने कोसिसः दुखाई कम गर्ने हेडसेट « Nagarik Khabar

पेनकिलर्सको विकल्प तयार पार्ने कोसिसः दुखाई कम गर्ने हेडसेट



एजेन्सी । वैज्ञानिकहरुले दुखाई कम गर्ने हेडसेट तयार पारेका छन् । वैज्ञानिकले यसलाई मात्र ८ हप्ताल लगाउँदा निद्रा, मनस्थिति र जीवनको ताजगी पहिले भन्दा सुधार भएको दाबी गरेका छन् । यसले तनाव र डिप्रेसनमा पनि कमी आएको बताइएको छ । रिसर्चमा भनिएको छ, ‘दुखाई कम गर्नका लागि फिजियोथेरापी र पेनकिलर्सको प्रयोग गरिन्छ तर यो हरेक बिरामीका लागि असरदार नहुन सक्छ । कुसैमा त यसको साइड इफेक्ट र कसैमा भने यसको आदत नै हुने गरेको छ ।’

रिसर्चका आधारमा उक्त हेडसेटको एक परीक्षणका आधारमा यो डिभाइसलाई टाउकोमा लगाएपछि दुखाई कम हुने बताइएको छ । वास्तवमा यो हेडसेट दिमागको तरङ्गको अध्ययन गर्दछ । पछि दिमागले पीडा कम गर्नका लागि तयार हुन्छ । यसरी मानिसमा दुखाईको कम अनुभूति हुन्छ । हेडसेट इलेक्ट्रो–एनसिफेलोग्राम प्रविधिको सहायताले काम गर्दछ ।

हेडसेटमा लगाइएको ८ वटा इलेक्ट्रोड टाउकोमा राखिन्छ । यो ईईजी मेसिनबाट छारे छारे रोग जस्ता रोग पत्ता लगाउन सकिन्छ । यो न्यूरोफिडव्याक थेरापीसँग पनि जोड्न सकिन्छ । यस्तो हुँदा दिमागसँग सम्बन्धित डाटा बिरामी आफैंले एपमा पनि हेर्न सक्छन् । यसको सहायताले दिमागको गतिविधि नियन्त्रण गर्न पनि सकिने बताइएको छ ।

यो हेडसेट आउँदो वर्षसम्म पाउन सकिने बताइएको छ । रिसर्चमा सम्लग्न वैज्ञानिकहरुले आउने वर्ष यो बजारमा आउने बताएका छन् । उनीहरुका अनुसार पहिले यसलाई न्यूजिल्याण्डमा धेरै मानिसहरुका बीचमा परीक्षण गरिनेछ । उक्त परीक्षणमा १ सयभन्दा बढी मानिसहरु सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: