यो समय पुच्छर फाल्न पनि तयार हुनुपर्छ : ओली « Nagarik Khabar

यो समय पुच्छर फाल्न पनि तयार हुनुपर्छ : ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा पार्टी छिन्नभिन्न भएर ‘माउसुलीको पुच्छर’ जस्तो भएको र पुच्छर फाल्न पनि तयार रहनुपर्ने बताएका छन् ।

तीन दिनदेखि जारी पार्टीको केन्द्रय कमिटी बैठकमा बुधबार बोल्दै अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवादलाई ‘माउसुलीको पुच्छर’सँग तुलना गर्दै पुच्छर फाल्न पनि तयार रहनुपर्ने बेला आएको बताएका हुन् ।

“माउसुलीले कहिलेकाहीँ फालिदिन्छ । तर, त्यो कारण उ आत्तिदैन किनकी पुच्छर तुरुन्तै पलाउँछ । अहिले हामीले पुच्छर फाल्नु परे पनि तयार हुनुपर्ने बेला आएको छ,” उनले भने ।

अहिले बाहिर एमालेको विभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउने त्यो असम्भव रहेको उनले बताए । साथै त्यस्तो सपना नदेख्न पनि प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: