जसपा आधिकारिकता विवाद : सुनुवाइ गर्न निर्वाचन आयोगमा इजलास बस्दै « Nagarik Khabar

जसपा आधिकारिकता विवाद : सुनुवाइ गर्न निर्वाचन आयोगमा इजलास बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता प्राप्त गर्ने दुई पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव)को दाबीबारे निष्कर्ष दिन निर्वाचन आयोगको इजलास आज बस्दै छ ।

ओली सरकारलाई हेर्ने दृष्टिकोण नमिलेपछि जसपा दुई पक्षमा विभाजन भएको हो । यसपछि दुवैले पार्टीको आधिकारिक पक्ष आफू भएको दाबी आयोगमा पेस गरेको हुन् । विवाद निरुपणका लागि प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरेको हो ।

आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बहुमत हेरेर निर्णय गरिने छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जबाफ र प्रमाणका आधारमा कुनै पक्षलाई आधिकारिकता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत हुनेलाई मान्यता दिइने प्रावधान छ ।

इजलासले गत आइतबारदेखि जसपा विवादबारे सुनुवाइ गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: