प्रधानमन्त्री छाडेपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा « Nagarik Khabar

प्रधानमन्त्री छाडेपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा



काठमाडौं । प्रधानमन्त्री छाडेपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन् ।

अध्यक्ष ओली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसका अवसरमा बिहीबार दिउँसो १ बजे तुलसीलाल स्मृति भवन च्यासलमा हुने कार्यक्रममा सहभागी हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले केन्द्रीय कमिटी बैठक तथा निजी निवासमा हुने पार्टी भेटघाटमा सक्रिय रहे पनि अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: