धनराज गुरुङ भन्छन्, ‘कानुनभन्दा माथि नेता हुँदैन’ « Nagarik Khabar

धनराज गुरुङ भन्छन्, ‘कानुनभन्दा माथि नेता हुँदैन’



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले ब्यहोर्ने कुरा कानुन बिपरित हुने बताएका छन् । उनले कानुनभन्दा माथि नेता नहुने भन्दै नियम कानुन विपरित राज्यले व्यक्तिको उपचार खर्च उपलब्ध नगराउन सरकारलाई आग्रह गरेको छ ।

उनले भनेका छन्, ‘सरकार । नेतालाई जनस्वास्थ्य ऐन २०७५ बिपरित उपचार खर्च उपलब्ध नगराऔं।’ उनले पूर्वपधानमन्त्री खनालको स्वास्थ्य लाभको कामनान पनि गरेका छन् ।

उनले खनालको उपचार खर्च ओली सकारले निर्णय गरेको र कार्यन्वयन कांग्रेसको सकारले गरेको बताएका छन् । उनले भनेका छन्, ‘उहाँको उपचार खर्च बापत ओली सरकारले ३० लाख निकासा गरिसकेको र वर्तमान सरकारले पनि उहाँको उपचार गराउने प्रतिबद्धता जनाएको छ।’

यसरी कानुन विपरित उपचार खर्च दिने भएपछि उनले भनेका छन्, ‘कानुन भन्दा माथि नेता हुँदैनन्’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: