बाटो बिराएकाहरु सच्चिएर आए ठाउँ दिन्छौँ : उपेन्द्र यादव « Nagarik Khabar

बाटो बिराएकाहरु सच्चिएर आए ठाउँ दिन्छौँ : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वनिकरुपमा माफी माग्नुपर्ने बताएका छन् ।

निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मलोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले विचार गर्ने बताए ।

“उहाँहरु आफैँ बाटो बिराएर जानुभएको हो,” उनले महन्थ ठाकुर पक्षप्रति संकेत गर्दै भने,“बिराएको बाटो सच्याएर र सार्वजनिक आत्मलोचना गरेर आए पार्टी हो ठाउँ दिन्छ ।”

उनले ५१ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: