१० युवतीलाई दैनिक पाँच हजार दिएर यौन धन्दामा, जब प्रहरीले पायो सुराकी… « Nagarik Khabar

१० युवतीलाई दैनिक पाँच हजार दिएर यौन धन्दामा, जब प्रहरीले पायो सुराकी…



काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको राप्ती नगरपालिका-७ स्थित एउटा होटलमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको हो ।

साउन ११ गते उक्त ठाउँमा रहेको रक्षा होटलका सञ्चालकले होटलको केही टाढा घर भाडामा लिई महिला तथा बालबालिकालाई यौन धन्दामा लगाएको पाइएको छ ।

सुराकी पाएपछि ईलाका प्रहरी कार्यालय भण्डारा र थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरको समन्वयमा १० जनालाई उद्धार गरिएको जनाएको छ ।

पीडित महिला तथा बालबालिकाले दैनिक पाँच हजार रुपैयाँका दरले रकम दिने कुराकानी भएअनुसार यौनधन्दा गर्दै आएको बताइएको छ ।

पीडित महिला तथा बालबालिकाहरु सिन्धुपाल्चोक, दोलखा, धादिङ, काठमाडौं जिल्लाका रहेको र यौन धन्दाका लागि चितवन जिल्लाको विभिन्न होटलहरुमा परिचालन गर्दै आएका थिए ।

उनीहरुलाई कानुनी परामर्श तथा थप सोधपुछका लागि ईलाका प्रहरी कार्यालय भण्डारामा राखिएको र पारिवारिक पुनर्मिलनका लागि थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरले समन्वय गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: