अर्थमन्त्रीसँग अमेरिकी राजदूत शिष्टाचार भेट « Nagarik Khabar

अर्थमन्त्रीसँग अमेरिकी राजदूत शिष्टाचार भेट



काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले शिष्टाचार भेट गर्रेका छन् । मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

उनले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेका अर्थमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको कार्यान्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पु-याउने उल्लेख गरे ।

भेटको क्रममा राजदूत बेरीले कोभिडविरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताए। विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्नुहुँदै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: