सर्लिन चोपडाले गरिन् खुलासाः ‘राज कुन्द्राले जर्बजस्ती किस गर्न खोजे’ « Nagarik Khabar

सर्लिन चोपडाले गरिन् खुलासाः ‘राज कुन्द्राले जर्बजस्ती किस गर्न खोजे’



काठमाडौं । बलिउडमामा यतिबेला नायिका शिल्पा सेट्टिकी श्रीमान राज कुन्द्र पक्राउ प्रकरण खुप चर्चामा छ । राज कुन्द्रा अहिले १४ दिनका लागि न्यायिक हिरासतमा छन् ।

उनले जमानतका लागि दिएको याचिका भारतको तल्लो अदालतले २८ जुलाईमा खारेज गरिदिएको थियो । श्लिल फिल्म बनाउने र सार्वजनिक गर्ने गरेको राज कुन्द्रामाथि आरोप छ

यसबीच, पोर्नोग्राफी मामिलामा धेरै अभिनेत्रीहरुले राज कुन्द्राबारे र ऐट हटसट्सबारे खुलेर बोलिरहेका छन् । असर्लिन चोपडाले पनि राज कुन्द्राबारे अभिव्यक्ति दिएकी छन् ।

उनले त उनीमाथि गम्भिर आरोप समेत लगाएकी छन् । चोपडाका अनुसार राज कुन्द्राले उनलाई यौन दुर्व्यवहार गरेका थिए । पोर्नोग्राफी केसमा आफ्ना राजविरुद्ध आफ्नो बयान दर्ज गराउनका लागि सर्लिन चोपडा मुम्बईको क्राइम ब्रान्चमा पुगेकी थिइन् ।

उनले अप्रिल २०२१ मा राजविरुद्ध यौन उत्पीडनको आरोपमा एफआईआर दर्ज गराएकी थिइन् । उनीमाथि भारतीय दण्डसहिंताका केही धाराहरुमा मामिला दर्ज गरिएको थियो ।

एकपटक राज कुन्द्रले उनलाई जर्बजस्ती किस गर्न खोजेको उनले बताएकी छन् । ‘सायद त्यतिबेला पत्नी शिल्पा सेट्टीसँग उनको सम्बन्ध राम्रो थिएन अर्थात् खटपट थियो । तर म एक विवाहित पूरुषसँग यस्तो सम्बन्ध बनाउन चाहन्न’ उनले भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: